FAQs Complain Problems

परिचय

मिथिलाको पवित्र भूमी, माता जानकीजीको वैवाहिक कार्यक्रमको वखत भगवान श्री रामले उचालेको शिवको धनुष खण्डित भई तीन टुक्रा हुन पुग्दा त्यस मध्येको एक टुक्रा खसेको प्रसिद्ध भूमीको रुपमा परिचित, धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल हो धनुषाधाम। धनुषाधाम नगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा पर्दछ। यस नगरपालिकाको स्थापना साविकका गा‍.वि.स.हरु धनुषा-गोविन्दपुर, धनुषाधाम, उमाप्रेमपुर र यज्ञभुमी गा.वि.स.हरु गाभिएर २०७१ साल बैशाख २५ गते भएको हो। यस नगरपालिकामा जम्मा नौ वटा वडाहरु छन्। धनुषाधाम नगरपालिकाको केन्द्रिय कार्यालय धनुषाधाममा रहेको धनुष मन्दिरको छेउमा रहेको छ।